प्रसूतिगृहमा २०० आइसोलेशन शय्या बनाइने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूगिृह ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।
नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा अहिलेसम्म सम्भावित सङ््क्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उनले भने, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।”
अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै एक सय महिलालाई सम्भावित सङ्क्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो ।
कोभिड–१९ को सङ््क्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताए । कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो । एक साता खटिएकाहरु एक साता नआउने गरी आलोपालो गरी काम तोकिएको उनले बताए । अस्पतालमा कार्यरतलाई यसअघि पनि सङ्क्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो । उनले भने, “आधा मात्रै कार्यरत हुँदा सङ्क्रमण देखिएर कोही आइसोलेशन बस्दा पनि अरुले सेवा नियमित गर्न सक्छन् ।”
अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको संख्या कम नभएको अस्पतालको रकर्डले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको सङ्ख्या २० देखि ३० छ । उनले भने, “सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।”
अस्पतालले कोभिड–१९ को सङ्क्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ । अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उनले बताए । अस्पतालले दिनमा तीन पटकसम्म निसंक्रमण गर्ने गरिएको छ ।

2020 August 25 6:06 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया