इन्स्पेक्टर लम्सालको कार्यशैलीका कारण चापागाउँ प्रहरी बदनाम बन्दै

हिरासतमा रहेका तिमल्सिनामा कोरोना पोजेटिभ

ललितपुर । पछिल्लो समय इन्स्पेक्टर राजन लम्सालका कारण महानगरीय प्रहरी बृत्त चापागाउँ बद्नाम बन्दै गएको छ ।
चापागाउँ प्रहरी बृत्तमा हाजिर भएको केही दिनमै जनप्रतिनिधिलाई समेत दबंग शैलीमा पेस्तोल ताकेको विषयलाई लिएर विवादमा तानिएका इन्स्पेक्टर लम्साल फेरि एक युवकको रहस्यमय मृत्युमा मिल्न दवाव दिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि नै प्रहरीविरुद्ध नाराबाजी लगाउनुले फेरि विवादमा तानिएका छन् ।
विभिन्न संचार माध्यममा यस विषयलाई लिएर समाचार प्रकाशित भएपछि मृतका आफन्तलाई कार्यालयमै बोलाएर ‘म पनि काभ्रेको तपाईंहरु पनि काभ्रेको’ भन्दै मेरो भविष्य नै बर्बाद हुन लागिसक्यो, त्यसैले यस्तो नगर्न भनी अनुरोध गरेको पीडितका आफन्तले बताए ।
गत साउन २३ गते साथीहरुसँग घुम्न निस्किएका १७ वर्षिय काभ्रे स्थायी घर भएका हाल धापाखेलमा अस्थायी बसोबास गर्ने दिपेन बर्देवा एक्कासी हराएका थिए । हराएको झण्डै १० दिन पछि भदौ १ गते भट्टेडाँडामा उनको शव क्षतविक्षेद अवस्थामा भेटियो । साथीहरु राजेश तिमल्सिना र सुवास थापासँग उनी घुम्न गएका थिए । परिवारले उनको हत्या गरेर फालिएको परिवारको आशंका छन् ।
सो घटनाको कमाण्ड सम्हालेका इन्स्पेक्टर लम्सालले शव उठाएर अस्पताल लैजाने क्रममा ‘जे हुनु भइहाल्यो, अब मिल्नुपर्छ’ भनेपछि मृतकका आफन्तहरु प्रहरी नै यो घटनालाई सामसुम पार्न लागेको आशंकामा आक्रोशित भएका हुन् । यस्तो जघन्य अपराध गर्ने दोषीलाई प्रहरीले उम्काउने प्रयास गरेको मृतकका आफन्तहरुले आशंका गरी प्रहरी कार्यालय नै घेरी नाराजुलुस समेत गरेका थिए ।
त्यसपछि कार्यालय प्रमुख डिएसपी कृष्णराज ओझाले मृतकका आफन्तहरुलाई भेटी यस्ता जघन्य अपराधमा मिल्ने मिलाउने भन्ने सम्भाना नभएको र जसरी पनि अनुसन्धान गरी अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताएपछि मृतकका आफन्तहरु शान्त भएका थिए ।
मृतकका आफन्तले इन्स्पेक्टर लम्साललाई लगाएको आरोपका बारेमा इन्स्पेक्टरले भने ‘मृतक आफन्तहरुलाई जाहेरी ल्याउन भने, उहाँहरुले किटानी जाहेरी ल्याउनु भयो । जाहेरी दिन आउँदाखेरी पीडितका बुबा, अंकल, अन्य उहाँका आफन्तहरु जाहेरी दिन कार्यालयमा आए । जाहेरी दिन कार्यालयभित्र उहाँहरु पसेपछि उहाँहरुलाई रोक्न केही व्यक्तिहरुले संचार माध्यमहरुसमेत ल्याएर तपाईंहरुले जाहेरी दिएपछि प्रहरीले सबुत प्रमाण नष्ट गर्छन् भनी रोक्न खोजिरहेका थिए । अहिले हामीहरुले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धानको दायरामा ल्याएका छौं । यो घटनामा संलग्न रहेको पाइए कानुनी कारबाहीको लागि सिफारिस गर्नेछौं ।’
डिएसपी ओझाले भने यस्तो घटनामा प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको र दोषीहरुले उन्मुक्ति नपाउने बताएका थिए । इन्सपेक्टर लम्सालको कार्यशैलीले वृत्त मात्र नभई प्रहरी नै बदनाम हुन पुगेका एक प्रहरीले बताए । मृतक बर्देवासँग घुम्न गएका राजेश तिमल्सिना र सुवास थापालाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेका छ ।
यता अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेश तिमल्सिनालाई कोरोना भाइरस पोजेटिभ देखिए पछि उनलाई बेग्लै महिला सेल भएको कोठामा राखी अनुसन्धान थालिएको छ । ज्यान मार्ने उद्योगमा अनुसन्धानमा रहेका तिमल्सिनालाई सम्भवतः आज या भोली सशस्त्रको कोरोना हस्पिटलमा लैजाने तयारी रहेको एसएसपी टेकप्रसाद राईले जानकारी गराएका छन् ।

2020 August 25 7:47 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया