प्रहरीको पाेशाकमा 97 कराेड ठेक्का अगाडि एसपीले बाेलाए ठेकेदारलाई

काठमाडौँ । नेपाल प्रहरीको पोशाक खरिदका लागि सरकारले यो आर्थिक वर्षमा ९७ करोड रूपैयाँ निकासा गरेको थाहा भएको छ । जुन रकम गतसालभन्दा बढी हो । बजेट कार्यान्वयनमा आइसकेपछि प्रहरीले पोशाक खरिदका लागि प्रक्रिया सुरु गर्ने तयारी गरेको समेत थाहा भएको छ । प्रबन्धका एसपी प्रेमबहादुर बस्नेतले आफ्ना व्याजी र आफू अनुकूलका तर विवादित प्रहरी निरीक्षक परशुराम मल्ललाई ल्याएका छन् । उनीहरू असईमा एउटै व्याजी हुन् । कञ्चनपुरमा कार्यरत रहँदा अवकाशप्राप्त आइजिपी ठाकुर ज्ञवालीसँग सँगै बसेको कारण गुल्मी घर भएका प्रेम बस्नेत एसपीमा बढुवा भएसँगै ज्ञवालीले नै पुरानो सम्बन्धका कारण प्रहरीको भन्सार भनेर चिनिने प्रबन्धमा ल्याएका थिए । उनी प्रबन्धमा आएसँगै एलसीका निरीक्षक केशव गौतमसँग सम्बन्ध राम्रो हुन सकेन जसका कारण उनले नयाँ आइजिपी शैलेस थापा क्षेत्रीको आगमनसँगै गौतमलाई हटाई मल्ललाई ल्याएका हुन् । प्रहरीको पोशाकको खरिद प्रक्रिया सधैँ विवादमा पर्ने गर्दछ । प्रबन्धमा बस्ने जिम्मेवार अधिकृतहरूले निश्चित ठेकेदारहरूलाई च्याप्ने, उनीहरूकै कुरा सुन्ने, उनीहरूकै निर्देशनअनुसार चल्ने र उनीहरूसँगै ठूलो रकम हात पार्ने गरेका कारण खरिद प्रक्रियादेखि सामान बुझाउने बेलासम्म विवाद हुने गर्दछ । यही सेटिंगका कारण एकै वर्ष खरिद गरिएका कपडाहरू सय जना प्रहरीलाई बाँड्दा सय थरि देखिन्छन् जसका कारण सडकमा प्रहरीको युनिफर्म लगाएका कर्मचारीहरू देखिँदा फरक फरक संगठनका प्रहरी हुन् कि भन्ने भान हुन्छ । गतअसार मसान्तमा अघिल्लो वर्षको ठेक्का प्रक्रियाको ७० करोड रूपैयाँ नेपाल प्रहरीले भुक्तानी ग¥यो । यस क्रममा ठेकेदारहरूबाट ७ प्रतिशत रकम उठाइएको समेत खुलासा भएको छ । उक्त ७ प्रतिशतमध्ये एक प्रतिशत तत्कालीन आइजिपीका नाममा, ०.२५ प्रतिशत तत्कालीन प्रबन्धका डिआइजीका नाममा दिएको बताइएको छ भने बाँकी रकम प्रबन्धमा कार्यरतहरूले नै बाँडेको चर्चासमेत बाहिर आएको छ । ठेकेदारबाट लिएको उक्त रकम अवकाश भएका आइजिपी र डिआइजीले लिए कि लिएनन् भन्ने प्रश्न एकातिर शंकाको घेरामा छ भने अर्कोतर्फ अवकाशको मुखमा आएको मोटो रकम कसले छोड्थ्यो र भन्ने प्रश्न पनि उठेको छ । उठाइएको ७ प्रतिशत रकम प्रबन्धमै भागवण्डा गर्दा पनि कसको भागमा कति प¥यो भन्ने प्रश्न अहिले उठेको छ । एक जना प्रहरीले भने इमान्दार आइजिपी जो तलब र रासनबाहेक घुस खाएको अहिलेसम्म सुनिएको छैन, उनले प्रबन्धमा कार्यरत अधिकृतहरूलाई बोलाएर गीता छोएर कति पैसा खाइस् भनेर सोध्ने हो भने सबै कुरा उजागर हुनेछ । आइजिपीका अगाडि ठूला ठूला कुरा गर्ने मानौँ एक रूपैयाँ भ्रष्टाचार गर्दिन भन्ने एसपी प्रेमबहादुर बस्नेतले कति खाए भन्ने प्रश्न गीता छ्वाएपछि ओकलिने बताउँदै ती अधिकृतले भने बुधवारमात्रै उनले ठेकेदारहरूलाई बोलाएर मिटिङ गरेको जानकारी दिए । ठेक्का खोल्नुअगाडि ठेकेदारहरूलाई बोलाएर ठेक्काका विषयमा छलफल गर्नुको अर्थ के ? के यसरी छलफल गर्न कानुनले मिल्छ ? भन्दै ती अधिकृतले भने हुँदाहुँदा प्रहरीको पोशाकको स्पेक परिवर्तन गर्ने खेल भइरहेको सुनेको बताए । स्पेक परिवर्तन गर्नु भनेको नजिकका ठेकेदारको नमुना राखेर उक्त ठेक्का त्यसै ठेकेदारले पाउने गरी सेटिङ मिलाएर ठेकेदारसँग मोटो रकम कमिसन खानु हो जुन कुरा यसअघिका ठेक्का प्रक्रियाहरूमा पनि देखिएको छ । अहिले पनि त्यही चलखेल भइरहेको बताइन्छ । बुधवारको ठेकेदारको बैठकमा नाम चलेका ठूला ठेकेदारहरू नगई उनीहरूका प्रतिनिधिहरू गएको समेत थाहा भएको छ । एसपीले सामानको गुणस्तर नभएकोमा गुनासो पोखेको समेत थाहा भएको छ । यहाँनिर प्रश्न उठेको छ टेण्डर हाल्दा जहाँबाट ठेकेदारले नमुना पास गरेको टेष्ट रिपोर्ट हाल्छ, सामान बुझाइसकेपछि उक्त सामान टेष्ट गर्न त्यो कम्पनीमा नपठाएर अर्को कम्पनीमा टेष्ट गर्न पठाउने हो भने मात्रै सामान गुणस्तरीय आउन सक्छ भन्ने कुरा इमान्दार आइजिपी शैलेस थापा क्षेत्रीदेखि गुणस्तर भएन भन्ने प्रबन्धमा बस्ने एसपी प्रेमबहादुर बस्नेतसम्मले बुझ्नु जरुरी छ । जुन कम्पनीमा पास गरेको टेष्ट रिपोर्ट ठेकेदारले हाल्छन् त्यहाँ पछि टेष्ट गर्न पठाउनै हुँदैन अर्को कम्पनीमा पठाउनुपर्छ ताकि सामान गुणस्तर छ छैन भन्ने कुरा स्पष्ट हुन्छ अन्यथा ठेकेदारहरूले टेष्ट रिपोर्ट बनाउँदा नै सेटिङमा बनाउने गरेको तथ्य यसअघि बारम्बार सार्वजनिक भइसकेका छन् इन्टरटेक होस् वा एसजीएस त्यहाँ कुनै न कुनै रूपमा ठेकेदारको आफ्नो सेटिङ हुने गर्छ । त्यसैले टेण्डर स्वीकृत गर्दा र सामान बुझाउँदा फरक फरक कम्पनीमा टेष्ट गर्न पठाउनु जरुरी छ ।

2020 August 22 5:13 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया