तथ्यको प्रकाशमा नोवेल कोरोना भाइरस रोग, कोभिड– १९

आ. डा. उमेश श्रेष्ठ

नोवेल कोरोना भाइरस रोग (कोभिड— १९) को हल्ला चलेको सा“ढे सात महिना नाघिसकेको छ । बितेको सा“ढे सात महिनाले हामीलाई कोरोना भाइरसको शक्ति के कति रहेछ र कोरोना भाइरस रोग के हो भनी बुझ्न आधार दिएको छ । मानिस र स्वास्थ्यको सम्बन्धमा बितेको सा“ढे सात महिनामा यस संसारमा केके भए केही तथ्यहरु हेरेपछि हामीलाई यस विषयमा स्पष्ट हुन सजिलो हुनेछ । प्रस्तुत छ केही महŒवपूर्ण तथ्यहरु—
१) २०२० डिसेम्बर मसान्तमा विश्वको जनसंख्या करिब — ७,७५,४४,००,००० जना
२) २०२० जनवरीदेखि अगस्त आधासम्म मानिस जन्मेको संख्या करिब— ८,८४,००,००० जना
२क) हरेक दिन संसारमा नया“ मानिस जन्मने संख्या करिब— ३,८३,००० जना
(हाल विश्वमा वर्षमा करिब १४ करोड मानिस जन्मने गरेको छ ।)
३) २०२० जनवरीदेखि अगस्त आधासम्म मानिस मृत्यु संख्या करिब— ३,७१,००,००० जना
३क) हरेक दिन संसारमा मृत्यु हुने मानिसको कूल संख्या करिब— १,६१,००० जना
(हाल विश्वमा वार्षिक करिब ५ करोड ८७ लाख मानिस मर्ने गरेका छन् । यसप्रकार संसारमा मानिस जन्मने र मर्ने क्रम स“धै हु“दै आएको छ ।)
३ख) यसमध्ये मुटु तथा रक्तनलीको रोगले मात्र हुने दैनिक मृत्यु संख्या करिब— ५०,००० जना
(हाल विश्वमा सबैभन्दा बढी यसै रोगले मानिस मर्छन्— वर्षमा करिब १,७८,००,००० जना ।)
४) २०२० को यही अवधिमा विश्वभर मानिसको मृत्युभन्दा जन्म बढी करिब— ५,१३,००,००० जना
५) २०२० अगस्त आधासम्ममा विश्वको जनसंख्या बढेर करिब— ७,८०,५६,००,००० जना
६) अहिले पीसीआर टेष्टबाट नोवेल कोरोना पोजिटिभ देखिएको संख्या करिब— २,२०,००,००० जना
६क) यीमध्ये कोरोना पोजिटिभबाट नेगेटिभ भइसकेको संख्या करिब— १,४८,००,००० जना
६ख) हाल बा“की कोरोना पोजिटिभ संख्या करिब— ६५,००,००० जना
६ग) यीमध्ये कोरोना रोगको लक्षण नभएका वा हल्का मात्र लक्षण भएका करिब— ६४,००,००० जना
६घ) यीमध्ये चर्को कोरोना रोग लक्षण देखिएको संख्या करिब— ६२,००० जना
(यो संख्या बा“की पोजिटिभ संख्याको करिब १ प्रतिशतभन्दा कम मात्र हो ।)
६ङ) यस अवधिमा कोरोना पोजिटिभ भएको अवस्थामा कूल मृत्यु संख्या करिब— ७,७७,००० जना
यो मृत्यु संख्या यस अवधिमा विश्वभर भएको कूल मृत्यु संख्या ३,७१,००,००० को करिब २ र कोरोना पोजिटिभमध्ये करिब ३.५ प्रतिशत मात्र हो । तर यी सबै कोरोना कै कारणले मरेको भने होइन । हाल जुनसुकै रोगले मरेको भए पनि मर्ने बेलामा पीसीआर टेष्टमा कोरोना पोजिटिभ देखिएमा कोरोनाको खातामा मृत्यु दर्ता गर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकल भएको हुनाले कोरोनाको नाममा मृत्यु संख्या बढी देखिएको हो । वास्तवमा हरेक मृत्युको कारण खोतल्दै जाने हो भने कोरोना मात्रको कारणले मृत्यु हुनेको संख्या अहिले कूल कोरोना पोजिटिभ मृत्यु संख्याको १ प्रतिशत पनि नपुग्न सक्छ । यो कुरा ईटालीमा गरिएको अध्ययनबाट स्पष्ट हुन्छ । ईटालीमा लकडाउनको पहिलो हप्तामा कोरोना पोजिटिभ भएका २,५०० जनाको मृत्यु दर्ता कोरोनाको खातामा भयो । त्यसमाथि त्यही कै स्वास्थ्य प्राधिकरणले छानबीन गर्दा तीमध्ये ०.८ प्रतिशत मात्र कोरोना संक्रमण मात्रको कारणले मरेका देखिए भने अरु ९९.२ प्रतिशत अन्य जीर्णदीर्घ रोगहरुसहित मरेका देखिए ।
विश्वका तथ्यहरु हे¥यौं, वास्तविकता बुझ्न अब नेपालका तथ्यहरु हेरौं—
१) नेपालको हालको जनसंख्या करिब— ३,००,००,००० जना
२) २०७७ भाद्र १ गतेसम्म पीसीआर टेष्टबाट कोरोना पोजिटिभ देखिएका— (जनसंख्याको ०.०९५ मात्र) २७,२६१ जना
३) तीमध्ये पोजिटिभबाट नेगेटिभ भइसकेको संख्या— १७,४९५ जना
४) हाल बा“की कोरोना पोजिटिभ संख्या— ९,६३९ जना
५) यस अवधिमा मृत्यु हु“दा कोरोना पोजिटिभ देखिएको जम्मा संख्या— १०७ जना
(यो मृत्यु संख्या कूल कोरोना पोजिटिभमध्ये ००.३९ प्रतिशत मात्र हो र यस अवधिमा नेपालमा भएका कूल मृत्युमध्ये ००.०७ प्रतिशत मात्र हो ।)
६) नेपालमा विविध रोगले दैनिक सरदर मृत्यु संख्या लगभग— ७०० जना
(यसअनुसार कोरोना हल्लाको सा“ढे सात महिनामा करिब १ लाख ४७ हजार नेपालीको मृत्यु भयो तर हल्ला चर्को कोरोनाले मृत्यु भयो भनिएका १०७ जनाको मात्र भयो ।)
कोभिड— १९ महामारी हल्लाको आधार— पीसीआर टेष्ट, पीसीआर टेष्टको विश्वसनीयता ७० प्रतिशत मात्र †
कोभिड १९ विश्वव्यापी महामारीको हल्लाको आधार मानिसमा देखा परेको रोग लक्षण होइन, पीसीआर टेष्टको नतिजा भएको छ जसको एकुरेसी दर अधिकतम ७० प्रतिशत मात्र हो । अर्थात् पीसीआर टेष्टले ३० प्रतिशत गलत नतिजा दिन सक्छ । गलत नतिजामध्ये १५ प्रतिशत ‘फल्स पोजिटिभ’ र १५ प्रतिशत ‘फल्स नेगेटिभ’ नतिजा दिन सक्छ । यति धेरै गलत नतिजा दिने हु“दा यस टेष्टको भरमा यो रोग रोकथाम हुन संभव देखिंदैन । यसबाट देखिएका ‘पोजिटिभ’ मध्ये ९९ प्रतिशतमा या त कुनै लक्षण नभएको र त्यसमध्ये बढीमा १०—१५ प्रतिशतमा हल्का मात्र लक्षण देखिएको हु“दा यस टेष्ट कै भरमा रोग निदान (डायग्नोसिस) गर्न पनि यो काम लाग्दैन । कोभिड— १९ रोग निको पार्ने कुनै औषधि नभएको हुनाले यस टेष्टको आधारमा कुनै उपचार पनि गर्न सकिंदैन । अहिलेसम्मको तथ्या“क हेर्ने हो भने कोरोना पोजिटिभ देखिएकामध्ये ९६ प्रतिशतभन्दा बढी बिना कुनै औषधि उपचार त्यत्तिकै पोजिटिभबाट नेगेटिभ भइरहेका छन् भने ३.५ प्रतिशत मात्रको मृत्यु भएको छ । त्यत्तिकै ‘पोजिटिभ’ बाट ‘नेगेटिभ’ हुने काम व्यक्तिको जीवनी शक्ति÷रोगप्रतिरोध शक्ति (Immune Power) ले गर्ने काम हो । यो शक्ति उचित आहार, विहार र विचारलाई जीवनशैली बनाउने मानिसहरुमा पर्याप्त हुन्छ । यो तथ्य हो ।
हाल विश्वव्यापी भइरहेको पीसीआर टेष्टको आधारमा भन्ने हो भने ‘कोरोना भाइरस पोजिटिभ’ हरु विश्वव्यापी देखिइएको छ तर पोजिटिभ हु“दैमा सबैलाई रोग लागेको छैन, ९५ प्रतिशतभन्दा बढी त त्यत्तिकै नेगेटिभ भइरहेका छन् । यसको अर्थ हो यो सामान्य रुघाखोकीजस्तै विश्वव्यापी (Pandemic) हो तर आपैmमा महामारी (Fatal) होइन र अहिलेको संसारको मुख्य स्वास्थ्य समस्या होइन । जसले अनुचित आहार, विहार र विचार गरी आºनो रोगप्रतिरोध क्षमता गुमाएका छन् र यसको लक्षण देखिइसकेपछि पनि जसले अनुचित आहार विहार र विचार जारी राख्छन् तिनीहरुमा मात्र यो चर्को र मारक देखिएको छ । यस तथ्यको आधारमा भत्रे हो भने हाल यो समस्या रोकथामका लागि संसारभर पीसीआर टेष्ट बढाउने, लकडाउन, सोसल डिस्ट्यान्स, मास्क, स्यानीटाइजर प्रयोगको जुन विधि अपनाइएको छ त्यसले रोकथाम हुने देखिंदैन । उचित आहार, विहार र विचार अपनाई रोगप्रतिरोध क्षमता तगडा बनाउनु नै यो समस्या रोकथाम र समाधानको एक मात्र कारगर उपाय हुने देखिन्छ । यो विधि अपनाइयो भने व्यक्ति–व्यक्तिले व्यक्तिगत रोगप्रतिरोध क्षमता बढाउने काम हु“दै जा“दा सामुहिक÷सामाजिक रोगप्रतिरोध क्षमता विकास हुनजान्छ । तर अहिले WHO लगायत अधिकांश राज्यहरुले अपनाएको विधिले झन् मानिसहरुको रोगप्रतिरोध क्षमता कमजोर हुने देखिन्छ किनभने त्यस विधिले ‘जोखिम बढ्यो, जोखिम बढ्यो’ भन्दै मानिसको मनमा डर–त्रास, शंका–उपशंका उव्जाई मानिसहरुबीच पारस्परिक सहयोगको सट्टा विरोधको भाव उव्जाइरहेको छ ।
उपर्युक्त तथ्यहरुको प्रकाशमा यो समस्या समाधानको उपाय खोज्ने हो भने अति जरुरी नभई रोग रोकथाम, निदान र उपचार गर्न काम नलाग्ने पीसीआर टेष्ट गर्ने काम बन्द गरी रोग लक्षणअनुसार उपचार गर्ने विविध स्वास्थ्य विधा (एलोपेथी, आयुर्वेद, प्रावृmतिक चिकित्सा, उचित आहार, विहार, विचार आदि) का प्रचलित विधिहरु अपनाउने साथै रोगप्रतिरोध क्षमता बढाउने विधि अपनाउने हो भने कोभिड— १९ महामारीको हल्ला छिट्टै साम्य हुने देखिन्छ । अन्यथा अहिले WHO लगायत अधिकांश राज्यहरुले अपनाएको तर्साउने र तर्सिने विधि नै अपनाइरहने हो भने अन्यौल र त्रासको अवस्था लामो समयसम्म रहनेछ, मानिसका स्वास्थ्य र आर्थिक–भौतिक क्षति भइनै रहनेछ ।

2020 August 20 2:24 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया