धुमपान हृदयघातको कारक

डा. संजीव थापा, मुटु रोग विशेषज्ञ, सुमेरु सिटी अस्पताल

भर्खरैसम्म तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । के भयो अचानक ? जवाफ आउँछ ‘हार्ट अट्याक ।’ मुटुको धमानीमा अवरोध पुगेपछि हृदयघात हुन्छ । जसलाई जतिबेला पनि हुनसक्छ हृदयघात । यसको सबैभन्दा बढी जोखिममा मुटु रोगको जोखिम कारण (रिस्क फ्याक्टर) भएका व्यक्तिहरू छन् ।
‘अस्वस्थ्यकर जीवनशैली र तनाव मुटुरोग लाग्ने कारक हुन्’, खोजतलाससँगको स्वस्थ्यवार्तामा सुमेरु सिटी अस्पतालका मुटु रोग विशेषज्ञ डा.सञ्जिव थापाले भने, ‘करियरको तनाव एवम् व्यवहार मिलाउनु पर्ने तनावले मुटु रोगी बढिरहेका छन् ।’
‘तनाव कम गर्ने वाहानामा मद्यपान तथा धुमपान गर्ने बानीले पनि युवा पुस्तामा मुटु रोग देखिन थालेको छ’, डा.थापाले भने, ‘धुमपान र मद्यपानबाट मुटुमा सोझै असर गर्छ । मुटु रोगको जोखिम कम गर्न हामी आफ्नो स्वास्थ्यप्रति सर्तक हुनैपर्छ ।’
मानिसहरू कुरा गर्दा यसको त मुटु दह्रो रहेछ भनेको सुनिन्छ, मुटु दह्रो हुनु भन्नेसँग मुटु रोगको सम्बन्ध रहन्छ < मुटु दह्रो छ भनिएको विषय सामान्यत यो मान्छे डराउँदैन उसमा काम गर्ने आँट छ भन्ने आशयमा भनिएको हो । नडराउने । नआत्तिने । अप्ठ्यारो परिस्थितिलाई सहजै लिइदिने तथा हडवड नगर्ने स्थितिका मानिसलाई संकेत गरेर यो शब्दावली प्रयोग गरिएको हो । मुटु रोगसँग यो भनाईको कुनै सम्बन्ध छैन ।
मुटुको मुख्य काम के हो ?
शरीरका लागि आवश्यक ब्लडलाई पम्प गरी सर्कुलेसन गर्नु नै मुटुको खास काम हो । शरीरका सबै भागमा रक्तसञ्चार हुनु पर्छ । सबैतिरबाट कम अक्सिजन भएका रगतलाई अक्सिजन युक्त बनाउन फोक्सोतर्फ पठाउने कार्य पनि मुटुले नै गरेको हुन्छ । शरीरको दायाँतर्फ आएका कम अक्सिनयुक्त रगतलाई पम्प गरी फोक्सोमा पु¥याउने काम मुटुले गर्छ । अक्सिजनयुक्त ताजा रगत बाँया पट्टीबाट सबैतिर सर्कुलेसन गराउने काम पनि मुटुकै हो । अक्सिजन युक्त ब्लडलाई ठाउँ–ठाउँमा पु¥याउने र फोहोर ब्लडलाई सोरेर मुटुमा ल्याउन पनि मुटु नै क्रियाशील हुन्छ । मुटुमा आएको फोहोर मिर्गौलामार्फत फाल्ने काम पनि मुटुले नै गरिरहेको हुन्छ । आमाको पेटमा आएको २३ दिनको उमेरदेखि मुटु चल्न थाल्छ । यो मानिसको मृत्यु नभइञ्जेलसम्म चलिरहन्छ ।
मुटु रोग लाग्नुका पछाडि के कस्ता कारण हुन सक्छन् ?
मुटु रोगमा सिजनले असर गर्छ । जाडोमा कसै कसैको प्रेसर पनि उच्च हुन सक्छ । उमेर समूह भन्दा पनि खानपिनका कारण मुटुमा समस्या आएको देखिन्छ । अस्वस्थ्यकर जीवनशैली, यताउता नहिँडि कुर्सीमा मात्रै बस्दा मोटोपना बढ्ने, हरियो सागपात नखाने, मम–चाउमिन जस्ता फास्ट फुड मात्रै खाने, अफिस तथा घरमा कामको तनावले उच्च रक्तचाप देखिन्छ । पहिला पहिला सामान्यतय उच्चरचाप ४० वर्ष उमेर काटेपछि देखिन्छ भन्थ्ये तर अहिले उच्च रक्तचाप २०–२२ वर्ष उमेर देखिनै देखिन थालेको छ । खेल्ने पर्याप्त ठाउँ नहुँदा नखेल्ने । मोबाइलमा धेरै गेम खेल्ने । शरीरिक कसरत नगर्दा तौल बढ्ने । साथी भाईसँग भेटघाट हुँदा मदिरा तथा चुरोट सेवन गर्दा पनि मुटुमा समस्या देखिन्छ । अहिले चिकित्सा शिक्षामा ‘योङ एमआइ’ भन्ने शव्दावली निक्यै प्रयोग हुन थालेको छ । युवा उमेरका मानिसलाई हुने हृदयघातलाई ‘योङ एमआई’ भनिन्छ । ४० वर्ष भन्दा कम उमेरका मानिसहरू जो हृदयघात भएर अस्पताल आएका हुन्छन् उनीहरूको जोखिम कारक (रिस्क फ्याक्टर) भनेको चुरोट मात्रै हो । उनीहरूमा प्रेसर पनि छैन, सुगर पनि छैन । तर चुरोट खाने बानीले गर्दा सामान्य मानिस भन्दा चार गुणा बढीले हृदयघात हुने खतरा रहन्छ । युवती भन्दा युवामा हृदयघात देखिने खतरा बढी छ । ४० वर्ष उमेर भन्दा बढी उमेरका मानिसहरूमा कोलोस्ट्रोल बढ्दा, मुटुका धमनीमा बोसो जम्दा हृदयघात हुने खतरा हुन्छ । अर्ली एजको डायाबेटिजले मुटुमा असर गर्छ । त्यसैले रहन सहन, खानपिन, तनाव एवं अस्वस्थ्यकर जीवनशैलीले मुटु रोगीहरू बढाइरहेको छ । अहिले चारजना मध्ये एक जनामा उच्च रक्तचापको समस्या छ ।
मानिसको मुटुमा के कस्ता रोग देखा पर्छन् ?
मुटु रोगलाई पनि विभिन्न वर्गमा वर्गीकरण गरिएको छ । जन्मजात नै हुने रोगलाई ‘कन्जिनाइटल हार्ट डिजिज’ भनिन्छ । कतिपयमा यो जन्मिना साथै थाहा हुन्छ भने कतिको जन्मेको धेरै वर्षपछि मात्रै थाहा हुन्छ । बच्चा जम्मिँदा एक्कासी निलो भएर आयो भने उसलाई मुटु रोग रहेछ भन्ने प्रष्टै भयो । यस्तो रोग देखिए शिशु एक महिनादेखि एक वर्ष भित्र उसको मृत्यु हुनसक्छ । जन्मँदादेखि नै कसै कसैको मुटुमा प्वाल देखिन्छ । यसलाई एएसडी, भीएडी, पीडीए भनिन्छ । आमाले बच्चालाई दूध चुसाउँदा घ्यार घ्यार आवाज आयो भने भीएसडी वा पीडीए चाँडौ थाहा हुन्छ । डक्टर कहाँ गयो, इको ग¥यो, रोग पत्ता लागेपछि निको हुन्छ । एएसडीको लक्षण हुँदैन । कसै कसैको ३०–४० वर्षको उमेरमा स्याँ स्याँ बढ्यो भने जाँच गर्दा यो रोगबारे थाहा हुन्छ । कतिपयको उमेर छिप्पिएपछि मात्रै मुटुमा प्वाल रहेको थाहा हुन्छ । अर्र्काे एक्वायर्ड । उमेर बढ्दै गएदेखि हृदयघात, उच्च रक्तचापका कारण मुटु रोग देखिनुलाई एक्वायर्ड हार्ट डिजिज भनिन्छ । हाम्रो जस्तो अल्प विकसित देशहरूमा मुटुको बाथ ‘रिम्याटिक हार्ट डिजिज’ पनि देखिन्छ । घाँटीमा इन्फेक्सन (टंसिल) देखिँदा समयमै उपचार भएन भने त्यसले मुटुको भल्बमा असर गर्छ । यो सामान्यतय ५ देखि १५ वर्षको उमेरमा हुन्छ । व्याक्टेरियल इन्फेक्सनसहितको टंसिल भए त्यसले मुटुमा असर गर्छ । विदेशमा वा विकसित देशमा यो रोग खासै देखिँदैन । हामी कहाँ यो प्रशस्तै देखिन्छ । २०–३० वर्षका युवा पीढिमै यो रोग देखिएको छ । शल्यक्रियामार्फत भल्ब फेर्नु पर्र्ने बिरामी धेरै छन् हामी कहाँ ।
मुटु रोगमा मौसमले असर गर्छ ?
मुटु रोगलाई मौसमले पनि फरक पार्छ । जाडोयाममा मुटु रोग भएका बिरामीलाई हृदयघात हुने बढी खतरा हुन्छ । मुटुको बाथको रोग भएको मानिसलाई चिसो याममा संक्रमण देखा पर्दा च्याप्ने हुन्छ । औषधि खाइरहे पनि चिसो याममा मुटु रोग भएका बिरामी समस्यामा पर्छन् । बिरामीलाई गाह्रो हुनका पछाडि दुईवटा कुरा हुनैपर्छ । पहिलो उसले खाइरहेको औषधि छाड्नु, दोस्रो कुनै इन्फेक्सन वा मुटुको चाल गडबढ हुनु । जाडो याममा छातिमा संक्रमण फैलन सक्ने खतरा धेरै हुन्छ । छातिमा संक्रमण भएपछि बिरामीलाई गाह्रो हुने, स्याँ–स्याँ हुँदा अपस्तालभर्ना गर्नुपर्ने अवस्था आउँछ । जाडोमा मुटु रोगका धेरै बिरामी अस्पताल भर्ना भएका हुन्छन् ।
मुटुको एन्जिओप्लास्टी भनेको के हो ?
मुटुका धमनी साँगुरो हुँदा खोल्न गरिने प्रक्रिया नै एन्जिओप्लास्टी हो । मुटुका मुख्य नशाहरू बायाँपट्टि २ वटा दायाँपट्टि एउटा हुन्छन् । यी मुख्य नशामा ७० प्रतिशत भन्दा बढी साँगुरो भयो भने छाति दुख्न थाल्छ। अकस्मात हृदयघात भयो,मुटुको धमनी सत प्रतिशत ब्लक भयो भने त्यो नशामा स्टेन्ट लगेर खोलिने प्रक्रिया नै एन्जिओप्लास्टी हो ।
सडेन कार्डियाक अरेष्ट भनेको कस्तो अवस्था हो ?
कुनै पनि व्यक्तिलाई केही पनि रोग थिएन । अघिसम्म हिँड्दै थियो, अहिले बितेछ भनेको सुनिन्छ । भर्खर मसँग गफ गरेको थियो, बोल्दा बोल्दै भ्याट्टै वितेछ वा राति सुतेको मानिस सुस्दा सुस्दै गएछ भन्ने अवस्था नै सडेन कार्डियाक अरेष्ट हो । कुनै पनि रोग पहिला थिएन, सुरु भएको १ घण्टा भित्र मृत्यु भयो भने त्यसलाई सडेन कार्डियाक अरेष्ट भनिन्छ । लक्षण नदेखिकनै मुटु बन्द भएपछि हुने हृदयघातलाई सडेन कार्डियाक डेथ भनिन्छ । अहिले त्यस्ता केशहरू धेरै देखिन थालेको छ । ठूलो हृदयघात हुँदा त्यस्तो अवस्था बन्छ । हृदयघात भएपछि सबै बिरामी अस्पताल पुग्छन भन्ने छैन । छाति दुखेपछिएैय एैय भन्दा भन्दै मृत्यु हुने घटना धेरै भइरहेको छन् ।
मुटु प्रत्यारोपण सम्भव छ ?
मुटु प्रत्यारोपण पनि गर्न सकिन्छ तर, हाम्रो देशमा यो सुविधा छैन । भारतसहित विकसित देशहरूमा मुटु प्रत्यारोपण शल्यक्रिया सुरु भइसकेको छ । जन्मजात मुटु रोगी जसको शल्यक्रिया गर्दा वा उपचार गर्दा पनि ठिक नहुने अवस्था छ भने त्यस्ता बिरामीको मुटु प्रत्यारोपण गर्नुपर्र्ने हुन्छ । ‘डाइलेडेट कार्डियोमायोपेथी’लाई अन्तिम अवस्थामा मुटु प्रत्यारोपण गर्न सकिन्छ । जिउँदो मान्छेले मिर्गाैला दिन्छ एउटा मिर्गौला दिँदा पनि अर्काेले मज्जाले काम गर्छ । मष्तिस्क मृत्यु भएको व्यक्ति जसले अंग दान गर्ने घोषणा गरेको छ भने उसको मुटु निकालेर प्रत्यारोपण गर्न सकिन्छ ।
सुमेरु सिटीमा के कस्तो सेवा उपलव्ध छ ?
सुमेरु सिटीमा इको, इसिजी, एबीपी, होल्टर, टीएमटी सबै उपचार पद्धति उपलव्ध छन् । प्रेसर धेरै हाई भयो, हार्ट फेलियर भयो भने भर्ना गरेर उपचार गर्न सक्ने अवस्था हामी कहाँ छ । एन्जिओप्लास्टीका लागि क्याथ ल्याब नहुँदा त्यो सुविधा छैन ।
स्वस्थ्य मानिसको मुटुले कति रगत प्रवाह गर्छ < सामान्यतय एउटा स्वस्थ्य मानिसकको शरीरले औषतमा एक मिनेटमा ५ लिटर रगत रक्तसञ्चार गर्छ भनिन्छ । तर पनि मुटुको धड्कन, उच्च रक्तचाप जस्ता कुराहरूले पनि रक्त सञ्चारको मात्रामा फरक पर्न सक्छ । तौल अनुसार पनि फरक पर्छ । मुटुु ठिक छ–छैन कसरी थाहा पाउने ? मुटुरोग छ कि छैन, अर्काे मुटु रोग हुनका लागि जोखिम कारक (रिस्क फ्याक्टर) के के छन् भन्ने कुरा थाहा पाउनु प¥यो । अस्वस्थ्कर जीवन शैली, मोटापना भएपछि जोखिम कारक (रिस्क फ्याक्टर) भइहाल्यो । सुगर छ कि छैन हेर्नु प¥यो, कोलोस्ट्रोल छ कि छैन हेर्नु प¥यो । मिर्गौलाको अवस्था कस्तो छ त्यो हेर्नु प¥यो । इसिजी, इको गरेपछि पनि मुटु स्वस्थ्य छ छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । धुम्रपान गरिन्छ कि गरिँदैन, मदिरा सेवन कति गरिन्छ परिवारमा मुटुको रोग छ कि छैन यसले पनि मुटु रोगको अवस्था थाहा पाउन सकिन्छ । मुटु रोग वंशाणुगत पनि हुन्छ । बाबु आमालाई हृदयघात भएको थियो कि थिएन, परिवारका सदस्यमा कोलोस्ट्रोल हाई हुने रोगहरू थिए कि थिएनन् यी सबै कुराहरू हेर्नु पर्छ । यस्ता पक्ष थाहा पाएपछि मुटु रोगको रिस्क फ्याक्टर पत्ता लगाउन सकिन्छ । एक दम मोटो छ भने खानपिन नियन्त्रण गर्ने, दिनमा कम्तिमा आधा घन्टा हिँड्ने, उच्चरक्तचाप नियन्त्रण गर्न औषधि सेवन गर्ने, शरीरमा बोसोको मात्रा बढी छ भने त्यसलाई नियन्त्रण गर्नु पर्छ । सुगर नियन्त्रण गर्ने, जीवनशैली परिवर्तन गर्ने, खानपिनमा ध्यान दिए मात्रै पनि मुटुलाई बचाउन सकिन्छ । साकाहारी खानतर्फ जाने, रातो मासु बार्ने, बोसोयुक्त खानेकुरा नखाने, चिल्लो कुरा कम गर्दा पनि मुटुलाई बचाउन सकिन्छ । मुटु रोग खर्चिलो रोग हो ? संसारमै मुटु रोगलाई खर्चिलो रोगका रूपमा लिइन्छ । हाम्रो देशमा सरकारले मुटु रोगीलाई सहयोग गरिरहेको छ । सरकारले मुटुको भल्भ सर्जरी निःशुल्क गरेको छ । यस्तै मुटुका बिरामीलाई एक पटकका लागि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको छ । मानिसहरू ५–१० रुपैयाँको प्रेसरको औषधि नखाएर मुटु रोग निम्त्याइरहेका छन् । औषधि खान्न तर अन्य खानेकुरा बार्छु भनेर मात्रै हुँदैन । प्रेसरको औषधि खानै पर्छ । नखाँदा त्यसले मिर्गौलामा असर गर्छ । मिर्गौला रोग लाग्यो भने महिनामा १५–२० हजार त खर्च गर्नु पर्छ । दिनमा ५ रुपैयाँको औषधि खाँदा हुनेमा त्यो नगरी महँगो उपचार गर्नुपर्नु रोग लाग्ने हुँदा यसलाई खर्चिलो मानिएको हो । उच्च रक्तचाप नियन्त्रण गरेन भने त्यसले हृदयघातको खतरा बढाउँछ । रक्तचाप नियन्त्रण नगर्दा त्यसले अन्य रोग निम्तन्छ । यो अवस्था हामीले बुझाउन नसकेर आइरहेको छ । मानिसहरूमा कस्तो सोच छ भने औषधि खान सुरु ग¥यो भने जिन्दगीभर खाइरहनु पर्छ, त्यसैले हत्तपत्त खाइ हाल्नु हुँदैन भन्ने सोचले असर गरेको छ । घर परिवारले पनि औषधि नखाननै जोड दिइरहेको हुन्छ । कति बेला औषधि खाने, कति बेला मुख बार्ने भन्ने कुरा नबुझेर पनि समस्या आइरहेको छ । रक्तचाप १४० वाई ९० भयो, अहिलेत १३० वाई ८०–९० रक्तचाप हुँदा रिस्क फ्याक्टर नहुँदा ठिक मानिन्छ । त्यो भन्दा माथि भए औषधि सुरु गर्नुपर्छ । नुन बार्दा त्यसले ५ देखि ७ मात्रै रक्तचाप नियन्त्रण गर्छ । मोटोपना १० केजी घटाइयो भने १०–२० एमएम एचजी रक्तचाप घटाउन सकिन्छ । विद्यालय शिक्षादेखि डीएमसम्मको अध्ययन कस्तो रह्यो ? पाटन पुल्चोकमा जन्मेको मेरो विद्यालय शिक्षा वीरेन्द्र सैनिक विद्यालय भक्तपुरबाट सकिएको हो । २०५२ सालमा एसएलसी पास गरेको मैले आइएससी पनि आर्मी स्कुलबाट सकेको हुँ । आइएससी सकाएपछि ५ वर्ष बंगलादेशको चिटगाउँमा एमबीबीएस पढ्न गए । फर्केर आएपछि २ वर्ष बीएण्डबी अस्पतालमा काम गरेँ । वीपी कोइराला इन्स्टिच्यूट धरानमा छात्रवृत्तिमा इन्टरनल मेडिसिनमा एमडी गरेँ । धरानबाट फर्केपछि केही सयम मैले पाटन अस्पतालमा काम गरें । त्यसपछि टिचिङ अस्पतालको मनमोहन मुटु अस्पतालमा काम गरे । त्यहाँ गएको २ वर्षपछि डीएम कार्डियोलोजीगरेको हुँ । सन् २०१७ मा डीएम सकेपछि मैले त्यहीँ नै काम गरिरहेको छु । सुमेरु मेरो पार्ट टाइम हो । इन्टरनल मेडिसिनमा एमडी गरेदेखि नै मैले सुमेरु सिटीमा पार्ट टाइममा काम थालेको हुँ । मेरो घर सुमेरु सिटी अस्पताल नजिकै भएकाले सुमेरु सिटीमा काम गर्न सहजै भयो । पहिले धापाखेलमा पनि काम गथ्र्यें । डीएम पढ्दा प्राइभेट प्राक्टिस गर्न नपाइने भएकाले छाडेको थिए डीएम सकाएपछि सुमेरु सिटीमा काम गरिरहेको छु । चिकित्सक बन्छु भन्ने थियो ? म चिकित्सक बन्छु भन्ने सोच थिएन । आर्मी स्कुल पढेकोले आर्मी बन्छु भन्ने लागेको थियो ।स्कुलमा म राम्रो विद्यार्थी होइन । नपढ्ने, अल्छी भएकाले परिवारले पनि होस्टेल राख्नु पर्छ भनेर नै मलाई कक्षा ६ देखि होस्टलमा राखिएको हो । होस्टेलमा बसेपछि डिसिप्लिन भनेको यस्तो हुँदो रहेछ, यसरी पढ्नु पर्छ भन्ने जानकारी भयो । म त्यही लयमा जान थाल्येँ । अरु साथीहरूले पढेको देखेर मैले पनि त्यसै अनुरुप पढ्न थाले । पढ्दा त आउँने रहेछ भन्ने भयो । ६ कक्षमा पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकमा १४ प्रतिशत अंकले फरक प¥यो । यस्तो नतिजा आएपछि हाम्रो प्रिन्सिपल हेमन्त शम्शेर राणाले बोलाएर आइसक्रिम दिनुभयो । आइसक्रिम किन दिनुभएको भनेर सोध्दा तिमीहरूले यत्ति राम्रो ग¥र्यौ खुसीले दिएको भन्नुभयो । पढेपछि सबैले माया गर्दा रहेछन्, पढ्न पनि सकिँदो रहेछ भन्ने मनमा लाग्यो । त्यसपछि मैले पढ्न थाले । म क्लासमा टप फाइभ भित्रै पर्न थाल्येँ । सरहरूसहित सबैले मलाई एसएलसीको बोर्डमा आउँछ भनेर पुस गर्न थाल्नु भयो । एसएलसीमा राम्रो पनि गरेँ । पहिलो पास पनि हुन्छ कि हुँदैन भन्ने जस्तो विद्यार्थी एसएलसीमा डिस्टिङसन ल्याएपछि डाक्टर बनेर सेवा गर्दा राम्रो हुन्छ भन्ने घर सल्लाह भयो । साइन्स लिएर पढें । परिवारको एक्लो छोरा भएकाले पनि म विदेश जान सकिन । परिवारको जेठो सदस्य तथा आफू मुनि दुईजना बहिनी भएकाले बुवा ममीलाई हेर्नु पर्ने मेरो दायित्व रह्यो । त्यसैले म नेपाल नै बसेको हुँ । मेरा साथीहरू विदेशमै छन् । मैले सिकेको सिप बाबु आमालाई प्रयोग गर्न पाएकोमा अहिले मलाई खुसी पनि लागेको छ । विदेशमा रहेको भए मेरा बाबु आमा बिरामी हुँदा ए साथी मेरो बाबुआमालाई हेरिदेउ न भनेर टेलिफोन गर्नुपर्ने अवस्था हुन्थ्यो,मेरो त्यो अवस्था भएन । आफ्नै देशमा सेवा गर्न पाउँदासन्तुष्टि प्राप्त हुन्छ । मेरी आमा गृहणी नै हो । बुबा निर्माण व्यवसायमा सम्लग्न हुनुहुन्छ । बुबा प्राय काठमाडौं बाहिर हुनुहुन्थ्यो, म होस्टेलमा हुँदा दुई–तीन महिनामा मात्रै हाम्रो भेट हुन्थ्यो । बुबालाई प्रेसर सुगर छ । आमा मुटुको रोगी ।उहाँ लकडाउन अघि बित्नु भयो । आमालाई मुटु रोग भएकाले पनि मलाई मुटु रोगप्रति चासो भएको हो । मेरी श्रीमती कानुनमा स्नातक अन्तिम नतिजाको पर्खाइएमा छिन् । बच्चा बच्ची भएकाले उनको पढाइ केही वर्ष रोकियो । केटाकेटी सानै छन् । छोरी ६ कक्षामा छोरा ३ कक्षामा पढ्दै छन् ।

2020 August 6 11:35 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया