७ अर्ब मानिस एक भएर पृथ्वीलाई जोगाउन दलाइ लामाको अपील

एजेन्सी । “यो ग्रह हामी सबैको एक मात्र घर हो । तर वातावरणविद्हरुले अबको केही दशकमा जलवायु परिवर्तनका कारण सबै पानीका श्रोतहरु सुक्ने अवस्थामा पुग्ने चेतावनी दिइरहेका छन् । त्यसकारण पनि पर्यावरण जोगाउने र जलवायु परिवर्तन रोक्न अति महत्वपूर्ण छ,” तिब्बतका धर्मगुरु दलाइ लामा बताउँछन् ।
उनले उदाहरण दिँदै भने, “जस्तै पाकिस्तानको इन्दुसदेखि गंगा, ब्रह्मपुत्र, चीनको यल्लो रिभर, मेकोङ खोला लगायत अनगिन्ती नदिहरु तिब्बत हुँदै बग्ने गर्दछन् । तर यो तिब्बतका ६० लाख वासिन्दाका लागि मात्र चासोको विषय होइन । केही समय अगाडि म अफगानिस्तानको यात्रामा जाँदा खोलानाला, पोखरी, झरनाहरु सबै सुकेको अवस्थामा रहेको स्पष्ट देखिन्थ्यो । तिब्बत पनि त्यही स्थितिमा छिटै पुग्न सक्छ । हो तिब्बतको राजनीतीबाट म रिटायर भइसकेँ तर त्यहाँको पर्यावरण अनि संस्कृतिप्रति म सधैँ समर्पित रहिरहनेछु ।”
उनले थप भनेका छन्, “प्राणीहरु मध्ये हामी मान्छेसँग अत्यन्तै उत्कृष्ट मष्तिस्क छ । तर यो पृथ्वीमा हामीले नै ठुल्ठुला समस्या उत्पन्न गराइरहेका छौँ । त्यसैले अब सबैले सहानुभूतिपूर्वक सोचविचार गरेर सजक भइ दिमागको सदुपयोग गर्ने समय आइसकेको छ ।”
जन्मदादेखि नै हामी अरुमा निर्भर रहँदै आएका छौँ जस्तै बाल्यकालमा आमाप्रति । तर त्यसपछि हाम्रो व्यक्तिगत जीवन सुरु हुँदा हामी पूर्ण रुपमा समुदायमा निर्भर रहनुपर्ने हुन्छ । अहिलेको आधुनिक समयमा त मानवताको अर्थ नै एउटा सिङ्गो समुदाय हो । किनकी पूर्वदेखि, पश्चिम, उत्तर, दक्षिण सबै एकअर्काप्रति कुनै न कुनै रुपमा निर्भर छन् । यसकारण पनि ७ अर्ब मानिसहरुले हामी एक हौँ भन्ने भाव राख्न जरुरी छ । विगतमा हामीले एकअर्काबीचका फरकहरु जस्तै राष्ट्रियता र धर्मप्रति धेरै केन्द्रित भएकाले नै थुप्रै समस्याहरु सिर्जना भए । तर अहिलेको आधुनिक समयमा त्यो सोचाइ पुरानो भइसक्यो । हामीले एउटा क्षेत्र, एउटा देश होइन पूरै दुनियाँका बारेमा सोच्नुपर्छ, मानवताका बारेमा सोच्नुपर्छ । ”
“त्यसैले पनि हामीले वैज्ञानिक र विज्ञहरुको कुरा सन्नैपर्ने बेला आएको छ । उनीहरुले उठाएको आवाज र यिनको ज्ञान मानव समुदायका लागि अधिक महत्वपूर्ण छ । प्रार्थना गर्नु भन्दा मान्छेले वैज्ञानिकहरुको कुरामा बढी केन्द्रित रहन जरुरी छ । उदाहरणका लागि प्रचीन नलान्दा बौद्ध परम्परामा सबै कुराको अनुसन्धान गरिन्छ र पुराना विश्वासका आधारमा मात्र विषयवस्तु स्वीकार गरिँदैन । बुद्धको आफ्नै शब्दमा पनि हामीले कुनै व्यवहारिक तर्क वा कारण भेट्टाएनौँ भने त्यसलाई नकार्न सक्छौँ । किनकी हाम्रो सोचाइ विश्वासमा मात्र नभएर तर्कमा पनि आधारित हुनुपर्छ । जस्तै कि बुद्ध आफैँ दरबारमा नभएर एउटा रुख मुनि जन्मिएका थिए भने उनले बोधी रुखकै मुनि अपार ज्ञान प्राप्त गरे अनि रुखमुनि नै उनको निधन भयो । त्यसैले पनि हाम्रो एउटा नियम भनेको कुनैपनि हरियो बोट नकाट्नु हो । यसले बुद्ध आफैँ पनि हरियाली र वनजङ्गलप्रति ध्यान दिन्थे भन्ने देखाउँछ । विगत जति महत्वपूर्ण भएपनि त्यो समय सक्किसक्यो तर भविष्य अझै हाम्रै हातमा छ भन्ने हामीले याद राख्न जरुरी छ । यसरी घण्टा, मिनेट, सेकेन्ड हुँदै समय लगातार अघि बढिरहँदा मान्छेले आफू यही प्रकृतिको अंश हो भन्ने बुझेर विश्वव्यापी स्तरमा वातावरणको पक्षमा सोच्न थाल्नैपर्छ । ” टाइम

2020 July 21 8:27 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया