कोरोना भाइरसका कारण मानवजाती नै संकटमा परेका बेला कलाकारहरु एक आपसमा हिलो छ्यापाछ्याप

काठमाडौं । विश्व नै कोरोना भाइरसका कारण संकटमा परेको छ भने हाम्रो देश पनि कोरोना भाइरसका कारण लामो समयदेखि लकडाउनमा छ । झण्डै चार महिना लामो लकडाउनले सर्वसाधारण आर्थिक अभावले पिरोलिएका छन् । मानसिक रुपमा असरहरु परेको छ । यस्तो अवस्थामा कलाकारहरुले सकारात्मक र रचनात्मक सन्देश दिन सक्नुपथ्र्यो । तर, त्यसको ठिक विपरित गतिविधिहरु कलाकारहरुले देखाएका छन् ।

मानव जाति नै संकटमा परेको अवस्थामा नेपाली कलाकारहरु भने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति र बहसमा केन्द्रित भई आफू—आफूमा हिलो छ्यापाछ्यापमा उत्रिए । दिपाश्री निरौलाले राजेश हमाल महानायक होइनन् भनिन् । आखिर हमाललाई आधिकारिक रुपमा महानायकको पदवी कसैले दिएको पनि होइन । उनको कला क्षेत्रमा विशेष योगदान छ । तर, संसारमा कसैले नपाएको महानायक भनिन्थे । दिपाले यसमा प्रश्न उठाइन् । तर, त्यो उपयुक्त समय थिएन ।

कोरोना भाइरसविरुद्ध जुधिरहँदा मानिसहरुमा सचेतना फैलाउने र आत्मबल बढाउने गरी कला पस्कनुपर्ने कलाकारहरु आफ्नै स्वार्थमा केन्द्रित देखिए । को ठुलो र को महान भन्नेमा अल्झिए । कला क्षेत्र नयाँ सृजनामा लाग्नुपर्ने थियो । मानिसहरुलाई कोरोना कहरमा पनि जागरुक बनाउने, मानसिक रुपमा बलियो बनाउने सृजना गर्न केन्द्रित गर्नुको साटो बेतुकको बहसमा अल्झिए ।

लकडाउनको मारमा मानिसहरु परिरहँदा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि अभिनेता भुवन केसीले र्दव्र्यवहार गरेको आरोप लगाइन् । उनले सामाजिक सञ्जालमा धेरै समय यसैमा खर्च गरिन् । भुवनले नै साम्रज्ञीलाई चलचित्र क्षेत्रमा अगाडि बढाएका थिए । यी दुईको विवाद यसरी सतहमा आयो कि चलचित्र कलाकार संघमा समेत यो विषय पुग्यो ।

साम्राज्ञीले पुरानो कुरालाई लकडाउनको बेलामा उठाइन् । यो उपयुक्त समय थियो या थिएन बहसको विषय बनेको छ । कतिपयले कलाकारहरु फुर्सदिला भएर पुराना आवेग र असन्तुष्टि पोख्न थालेको टिप्पणी गरे । र्दव्र्यवहारको विषय प्रहरीमा उजुरी गर्नुको साटो सामाजिक सञ्जालमा विवादको विषय बनाइयो ।

यसरी नेपाली कलाकारहरु लकडाउनमा सर्वसाधारणलाई राहत दिन खासै लागेनन् । न त सर्वसाधारणको आत्मबल बढाउने र मानसिक रुपमा सशक्त बनाउने सृजनामा खासै केन्द्रित भए । आ—आफ्नै स्वार्थ केन्द्रित बहसमा सामाजिक सञ्जाल रङ्गाउन लागिपरे ।

2020 July 18 11:08 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया