हरिसिद्धि ईटा तथा टायल कारखानाको विवाद चुलियो, आफ्नै नेताको विरुद्धमा वाईसीएल

रमिला योञ्जन

ललितपुर । ललितपुर महानगरपालिका—२८ वडाको हरिसिद्धि ईटा तथा टायल कारखानाको जग्गा भूमाफियाहरुले व्यक्तिको नाममा ल्याई प्लटिङ गर्न व्यापक चलखेल गरेपछि नेकपा विप्लम माओवादीले त्यस्तो गतिविधिमा संलग्न भूमाफियाहरुलाई जनस्तरबाटै कारबाही गर्ने भएको छ ।
हरिसिद्धि ईटा तथा टायल कारखानाको जग्गा व्यक्तिको नाममा ल्याई प्लटिङ गरी करोडौं रुपैयाँ कमाउने योजना बुनिरहेका भूमाफियाहरुको योजना विप्लव माओवादीका कारण तुहिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ललितपु्र जिल्ला समितिका सचिव विपिन शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ— ‘हरिसिद्धि ईटा तथा टायल कारखाना उद्योगका नाममा अधिग्रहण गरी निजीकरण गरिएको जग्गा स्थानीय सरोकारवाला जनता र जग्गा धनीहरुको नाममा माग एवम् इच्छा विपरित हुने गरी तथा अनुत्पादक प्रयोजनको क्षेत्रमा भोगचलन हुने गरी भू—माफिया र कतिपय राजनैतिक दलका नेता कार्यकर्ताहरु र सरकारी कर्मचारी समेतको मिलोमतोमा विक्री वितरण गर्न लागेको पछिल्लो चलखेल, षडयन्त्रप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।’
त्यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘हरिसिपिद्ध ईटा तथा टायल कारखानाको जग्गा विवादको विषयलाई लिएर हाम्रो पार्टीले धारणा यसअघि पनि सार्वजनिक गरिसकेको छ । सो जग्गा विक्री वितरण वा अन्य कुनै प्रयोजनको लागि कुनै पनि सिफारिस वा अनुमति प्रदान नगर्न अनुरोध गर्दछौं । यदि हाम्रो आग्रहलाई पूर्णतया वेवास्ता गरी प्रक्रिया अगाडि बढाइएमा स्थानीय सरोकारवाला जनताको हितको पक्षमा पार्टीले जस्तोसुकै कदम उठाउने कुरा पनि यसैसाथ जानकारी गर्दछौं । जसबाट निस्कने परिणामको भागिदार यहाँहरु आफै हुने विज्ञप्तिमा उल्लेख छ ।’
त्यसैगरी, आफ्नै पार्टीका नेताहरुको गतिविधि शंकास्पद भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठन वाईसीएल ललितपुरका अध्यक्ष धनकुमार मैनाली (अभिलास)को टिमले मालपोत कार्यालयका प्रमुख भिमप्रसाद गौतमलाई भेटी हरिसिद्धि ईटा टायल कारखानाको जग्गा पास गरे परिणाम राम्रो नहुने भन्दै चेतावनी दिएको मालपोत कार्यालय स्रोतले बताएको छ ।
भूमाफियाहरुले हरिसिद्धि ईटा टायल कारखानाको जग्गा पास गर्न आवश्यक कागजात विनै दवाव दिइरहेको कर्मचारीहरुले बताउने गरेका छन् । प्रदेश सभा सांसद राजकाजी महर्जनले मालपोत कार्यालयमै आई सो जग्गा पास गर्न दवाव दिएको कर्मचारीहरुले खोजतलाससँग गुनासो पोखेका छन् । जसरी पनि पास गर्न महर्जनले दवाव दिए पछि कर्मचारीहरुले भने पास गर्दा चाहिने कागजात र पास गरेर दिने संस्थाको प्रतिनिधि आएर सनाखत गरेको खण्डमा पास गर्न सकिने भनेपछि हरिसिद्धि ईटा टायल कारखानाको जग्गा पास हुन सकेको छैन ।
राजनीतिक आडमा आएका व्यक्तिहरुको समूहले कार्यालयको काममा असर पर्ने गरी कार्यालय घेरेर आफ्नो निर्देशनअनुसार काम गर्न कर्मचारीहरुलाई दवाव दिइरहेको मालपोत कार्यालयका कर्मचारीहरुले गुनासो पोखेका छन् । ती कर्मचारीका अनुसार भू—माफियाहरुले कर्मचारीलाई कार्यालयमा मात्रै नभएर घरमा रहेका श्रीमती, छोरी, छोराहरुलाई समेत फोन गरी यदि यो जग्गा पास गर्न सहयोग नगरेको खण्डमा जे पनि हुने भन्दै धम्की दिनेसमेत गरेको बताएका छन् ।
यता, कृषि तथा भूमिसुधार मन्त्रालयका मन्त्री बलदेव खनालका भतिज भनेर बताउने सुशिल खनालले त कर्मचारीलाई ‘तँ को होस्, हामीले भनेको नमान्ने, तेरो तत्कालै सरुवा गरिदिन्छु’ कार्यालय नै थर्किने गरी आवाज निकाल्दै मालपोत अधिकृतलाई धम्की दिएको कर्मचारीहरु बताउँछन् ।
मालपोत अधिकृत भिमप्रसाद गौतमका अनुसार ‘हामीलाई दैनिक रुपमा रोक्का भएको सो जग्गा पास गराउन दबाब दिइरहेका छन्, राजनीतिक व्यक्तिहरुको नाम जोडेर जग्गा व्यवसायीहरु आउँछन्,’ तर हामीले आवश्यक कागजपत्र पूरा गरी प्रक्रिया पूरा गरेर आए पास गर्न सकिन्छ । तर, यदि उहाँहरुले भनेजस्तो गरे हामी अख्तियारको कठघरामा उभिने पक्का छ । त्यसैले यस्तो काम हामीहरुबाट हुँदैन ।
हरिसिद्धिको नाममा मातपोत कार्यालय ललितपुरमा दर्ता कायम रहेका सो जग्गा बिक्री गरी अर्बौं रुपैयाँ कुम्ल्याउने दाउमा केशवप्रसाद तिमल्सिना, वालकृष्ण घिमिरे, पुरुषोत्तम बजगाई, प्रदेश सांसद राजकाजी महर्जन, वडा अध्यक्ष राजेश महर्जन, होप बहुउद्देश्यीयका व्यवस्थापक दिपेन्द्र दुलाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा एमाले ललितपुर जिल्ला नेता रामशरण शर्मा घिमिरेलगायत व्यक्तिहरु मरिहत्ते गरेर लागिपरिरहेका छन् ।
जिल्ला मालपोत कार्यालय ललितपुरले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेख्दै हरिसिद्धि इटा तथा टायल र एन.वि.वात्रा कम्पनीको विवरण मागेको थियो । २०७५ वैशाख ७ गते कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले पत्र पठायो । तर पत्रमा दुवै कम्पनीले वर्षौसम्म साधारण सभा नगरेको उल्लेख छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार हरिसिद्धि ईटा तथा टायल कारखाना र एन.वि.वात्रा हस्पिटल एण्ड रिसर्च सेन्टर दुवैले लामो समयदेखि वार्षिक साधारण सभा गरेको छैन । कम्पनी ऐन २०६३ अनुसार हरेक वर्ष साधारण सभा गर्नुपर्छ । उक्त कुराको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयलाई गराउनुपर्छ । तर दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणसमेत पेश गरेका छैनन् । दुवै कम्पनी अध्यावधिक नरहेको देखिन्छ । साधारण सभा नगरेपछि दुवै कम्पनीका संचालकसमेत वैद्यता नभएको देखिएको छ । हरिसिद्धि ईटा तथा टायल कारखानाका शेयरधनीहरूको कम्पनी रजिष्ट्राकारको कार्यालयमा कम्पनीको जग्गा र सम्पत्ति बिक्री गरी हिनामिना गरेको भनी सञ्चालक समिति विरुद्धसमेत कार्यालयमा पटक–पटक उजुरी दिएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीलाई साधारणसभा गरी कम्पनी नियमपूर्वक संचालन गर्न निर्देशन समेत दिएको थियो । यसले गर्दा हरिसिद्धिका सहायक कम्पनी एन.बि वात्राको नामको जग्गा तथा सम्पत्ति समेत उक्त कम्पनीको वैद्यता प्राप्त भएको छैन । संचालक समितिले विक्री वितरण गर्दा हरिसिद्धि ईटा तथा टायल कारखानाका अन्य शेयरधनीहरुलाई प्रतिकुल असर पु¥याउने पत्रमा उल्लेख छ ।
यता एन.वि.वात्रा तथा यस कम्पनीको माउ कम्पनी हरिसिद्धि ईटा तथा टायल कारखाना लिमिटेड र प्रिफेब हाउस नेपाल प्रा.लि. तथा सनसाइन रियलस्टेट एण्ड डेभलपमेन्ट प्रा.लि.बिच जग्गा खरिद विक्री सम्बन्धी २०७३ पुस २५, २०७४ असोज १, असोज ३०, मंसिर १३, मंसिर १४ गते जग्गा खरिद विक्री सम्बन्धी सम्झौताहरु गरेको थियो ।
हरिसिद्धि ईटा टायल कारखाना उद्योगको जग्गा उद्योग प्रयोजनबाहेक अन्यमा प्रयोग गर्न नपाउने सर्त निजीकरण गर्दा खेरी भएको थियो । तर, हरिसिद्धि ईटा टायल कारखानाको जग्गा व्यक्तिलाई बिक्री गर्न खोजेको यी दलालहरुको गतिविधिले देखाएको छ । स्रोतका अनुसार ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष राजेश महर्जनले एन. बी. वात्रा हस्पिटल एण्ड रिसर्च सेन्टरको नाममा ‘घरबाटो’ सिफारिस दिएको रहस्य के हो भनेर स्थानीयले खोजीनीति गर्न थालेका छन् । वडाध्यक्ष महर्जनले सिफारिस दिएपछि प्रिफेब हाउजिङ कम्पनीलाई २५ रोपनी ८ आना जग्गामा प्लटिङ गर्ने बाटो खुलेको छ । एन. बी. वात्रा हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ईटा टायल कारखानाको भगिनी संस्था हो । स्थानीयले घरबाटो सिफारिस नदिन वडा कार्यालयलाई बारम्बार खबरदारी गर्दा पनि वडाध्यक्ष महर्जनले सिफारिस दिएको स्थानीयको आरोप छ ।
निजीकरणको नीति विपरीत सबैतिरबाट विरोध हँुदाहँुदै त्यस क्षेत्रबाट निर्वाचित भएका संघीय सांसद पम्फा भुषाल, प्रदेश सांसद राजकाजी महर्जन तथा वडा अध्यक्ष राजेश महर्जनसमेत मौन रहनु उनीहरुको प्रत्यक्षरुपमा संलग्नता रहेको बुझ्न गाह्रो छैन । किनकी हरिसिद्धि ईटा टायल कारखानाको विषयलाई लिएर खोजतलास दैनिक र खोजतलास न्यूज डटकममा समाचार प्रकाशित भएपछि तिल्मिलाएका भूमाफिया र स्वयम् जनप्रतिनिधिका रुपमा रहेका महर्जन र भुषालले जसरी पनि प्रधान सम्पादक राजु बस्नेतलाई तीन दिन भए पनि जेल कोच्न प्रहरीलाई ठाडो आदेश दिएका थिए । तर, सत्यको जित हुन्छ भनेजस्तै समाचारको विषयलाई लिएर प्रहरीले होइन प्रेस काउन्सिलले छानविन गर्ने भनेपछि प्रधान सम्पादक बस्नेतलाई प्रहरीले छाड्न बाध्य भएको थियो । महर्जन र भुषालले खोजतलास अनलाइनमा समाचार प्रकाशित भएको दुई घण्टामा नै जावलाखेल प्रहरी परिसरका प्रहरी निरीक्षक रेशम आचार्यलाई ठाडो आदेश दिई घरमा नै प्रहरी पठाई पक्राउ गर्न सफल बनेका थिए ।
२०२१ मा स्थानीय किसानसँग प्रतिरोपनी १५ सयका दरले ४ सय १२ रोपनी जग्गा अधिकरण गरेको थियो । अधिकरणको उद्देश्यविपरीत हरिसिद्धि ईटा टायल कारखानाले स्थानीयको विरोध बाबजुद जग्गा बिक्री गरेपछि स्थानीय बासिन्दा आन्दोलनमासमेत उत्रिएका थिए । तर हरिसिद्धि ईंटा टायल कारखानाले स्थानीयको विरोधको बाबजुद पनि प्रिफेब हाउजिङ कम्पनीलाई कौडीको भाउमा २५ रोपनी ८ आना जग्गामा विक्री गर्न लागेपछि अहिले प्रत्यक्षरुपमा आँखा गाड्न जनप्रतिनिधिहरु पम्फा भुषाल, राजकाजी महर्जनलगायत राजनीतिक दलका शिर्ष नेताहरु लागिपरेका छन् ।
नेपाली कांग्रेसको सरकारले २०४९÷५० सालमा कौडीको मूल्यमा निजीकरण गरेका उद्योगहरू भ्रष्ट मालिकहरूले ती उद्योगहरू खरानी पार्न सफल भएका छन् । उद्योग विस्तार गर्ने, गुणस्तरीय उत्पादन बढाउने, रोजगारी बृद्धि गर्ने जस्ता महत्वपूर्ण शर्तका आधारमा खर्बौंका मेशिनरी सामानलगायत खर्बौं रुपैयाँ अहिलेको मूल्यांकनअनुसारको जग्गाजमिन निजीकरणका नाममा कौडीको भाउमा विक्री गरिएको थियो । तत्कालिन भ्रष्ट नेताहरुले अर्बौं रुपैयाँ हसुरेर व्यापारीहरुलाई बिक्री वितरण गरेका थिए । तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले त्यसबखत मित्रराष्ट्रहरूले दानमा दिएका आधारभूत आवश्यकताका उद्योगहरू हरिसिद्धि ईटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज उद्योग, हिमाल सिमेन्टलगायतका उद्योगहरु निजीकरण गरेको थियो ।
नेपाली कांग्रेसको सरकारले ती अर्बौं मूल्य पर्ने एक दर्जन उद्योगहरू निजीकरणको नाममा विक्री गरेको केही समयपछि नै खरिदकर्ता मालिकहरूबाट ती उद्योगहरु बन्द गरी उद्योगमा भएको मेसिनरी सामान र जग्गा विक्री गरी आफ्नो लगानीको दोब्बरतेब्बर फाइदा गरी विक्री वितरण गरी खरानी पारेका थिए । अहिले उद्योग र मेशिनरी सामान कहाँ गए ? त्यसको खोजीनीति राज्यले गरेको छैन । निजीकरणका नाममा देश लुट्नेहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कुनै कारवाही गर्नेतर्फ चासो देखाएको छैन । नेपाली जनताका नाममा आएका एकदर्जन महत्वपूर्ण उद्योगहरू निजीकरण भएपछि त्यसको अवस्थाका बारेमा संवैधानिक अंग अख्तियार र सरकारका कुनै पनि निकायले चासो नदिनु देश लुट्नेहरूलाई छुृट दिएको मान्न सकिन्छ भने हजारौं मजदुरहरुको रोजीरोटी खोजिएको प्रत्यक्षरुपमा देख्न सकिन्छ ।
निजीकरण भएका महत्वपूर्ण उद्योगहरू सरकारले वेवास्ता गरेपछि ती निजीकरण भएका उद्योगहको नाममा रहेको अर्बौंको जग्गा नै बिक्री गर्दा पनि सरकार मूकदर्शक छ । हरिसिद्धि इँटा टायल कारखानाले निजीकरण गर्दाको सर्त विपरीत २५ रोपनी ८ आना जग्गा प्लटिङ गर्ने कम्पनीलाई बिक्री गर्न लाग्नुले र यसमा राजनीतिक दलका नेताहरुको समेत सम्लग्नता देखिनुले अब यस्ता नेताहरुबाट राज्यले के आशा गर्ने भन्दै सर्वसाधारण जनताहरु निरास बन्न थालेका छन् ।

 

2018 August 2 6:03 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया